राजनीति

नेकपाको सचिवालय बैठक आज बस्दै, तीन मन्त्रीको नाम टुंगो लगाइने

By खबरहब

October 06, 2020

काठमाडौँ– दुई पटक स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज(मंगलबार) बस्ने भएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको दाहालको सचिवालयले जनाएको छ ।

बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिने सम्भावना रहेको छ ।

सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो ।

तर, यहिबीचमा प्रधानमन्त्रीका ४ सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठकपनि स्थगित भएको थियो ।