राजनीति

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाई मतले पास

By खबरहब

October 06, 2020

काठमाडौँ– प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।