फाइल तस्वीर

समाचार

प्रतिनिधिसभा बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको निर्णय

By खबरहब

February 07, 2020

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।

बिहीबार(हिजो) बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । कांग्रेस नेता विजय गच्छदारविरुद्ध अख्तियारले प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बैठकमा अवरोध गरेको थियो ।

ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा तर्ता गरेको थियो ।

आफ्ना पार्टीका उपसभापति विरुद्ध राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको आरोप लगाउँदै कांग्रेसले विहीवार(हिजो) संसद अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुक्रवारसम्मका लागि स्थगित गरेका थिए ।

प्रमुख प्रतपक्षी नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको छ ।