काठमाडौं – इन्टरनेट प्रदायक कम्पनीहरुले अनेकथोकको समस्या देखाउँदै इन्टरनेटमा ठग्दै आएका छन् ।
प्रयोगकर्ताहरुलाई प्राविधिक जानकारी नहुँदा पनि ठगिनु परेको छ । भनेको जति स्प्रिड नदिनेदेखि नक्कली राउटरसम्म भिराउने कम्पनीहरुका कारण प्रयोगकर्ताको वाइफाइ नै स्लो हुने गरेका छन् ।
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुंगले भने अहिलेसम्मको सबैभन्दा तीब्र गतिको वाइफाइको विकास गरेको दाबी गरेको छ ।
सामसुंगका अनुसार अत्याधुनिक वाइफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ ।
कम्पनीका अनुसार ६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीको यो प्रविधिले १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड भन्दा पनि कम समयमा ट्रान्सफर वा डाउनलोड गर्न सकिनेछ ।
यो उच्चगतिको वाइफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई वास्तविक समयमै ट्रान्सफर वा स्टि्रमिङ गर्न सकिने बताइएकोछ ।
अहिले बजारमा उपलब्ध रहेका वाइफाइ राउटरहरुले २, ४ गिगाहर्ज र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन् ।
कम्पनीले भनेको छ की यो नयाँ प्रविधिले डाटा ट्रान्सफरको गतिलाइ बढाएर प्रयोगकर्ताको समय बचत गर्न मद्दत मिल्नेछ ।