:jb]z kmls{g yfn]sf ef/tLo dhb'/ n'lDagL, !# j}zfv . e}/xjfl:yt lgdf k|ltdfg k|fljlws lzIffnosf] Sjf/]G6fOgdf @% lbg a;]/ :jb]z kmls{g yfn]sf ef/tLo dhb'/ . ;/sf/n] !%$ hgf ef/tLo dhb'/nfO{ ef/tLo clwsf/LnfO{ x:tfGt/0f u/]sf] 5 . t:jL/M g/]z s]=;L, /f;;

भारत / चीन / सार्क

भारतले नेपालमा रहेका नागरिकको उद्धार गर्ने

By खबरहब

May 07, 2020

काठमाडौं- भारत सरकारले नेपालमा रहेका आफ्नो देशका नागरिक र भारतमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन आवश्यक कदम उठाउने भएको छ।

कोरोना भाइरस (कोभिड १९) का कारण नेपालमा अड्केका भारतीय नागरिकलाई बिहीबारपछि स्वदेश फर्काउने निर्णय सरकारले गरिसकेको जनाउ मंगलबार भारतको सर्वोच्च अदालतलाई दिइएको हो।

सर्वोच्चका न्यायाधीश अशोक भूषणको नेतृत्वको इजलाससमक्ष प्रस्तुत हुँदै भारतका सोलिसिटर जनरल तुषार मेहताले त्योसँगै भारतमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आवश्यक सहयोग पुर्‍याइने बताएका छन्।

सर्वोच्चले सरकारका तर्फबाट दिइएको आश्वासनको पृष्ठभूमिमा कुनै आदेश दिनुनपर्ने बतायो। हाल उत्तराखण्डको पिथौरागढमा २१४ जना नेपालीहरु स्वदेश प्रवेश गर्न नपाई त्यत्तै अड्किएको जानकारी पनि अदालतलाई दिइएको थियो।