अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्रमा १८ हजारभन्दा बढीले गरे लकडाउनको अवज्ञा

By खबरहब

May 07, 2020

काठमाडौं –  भारतको महाराष्ट्र राज्यमा मात्रै १८ हजारभन्दा बढीले लकडाउनको अवज्ञा गरेक छन् ।

लकडाउन अवज्ञा गरेका १८ हजार ७ सय २२ जना व्यक्तिलाई नियन्त्रणमा लिएर छाडिएको भारतीय प्रहरीले जनाएको छ ।

यस्तै ५३ हजार ७१ यातायातका साधन पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ। लकडाउनको अवज्ञा गर्नेहरुबाट करिव ३ करोड भारतीय रुपैयाँ राजश्व समेत असुल गरिएको छ ।