फाइल फोटो

देश/प्रदेश

सुदूरपश्चिमका दुई नाकाबाट एकै दिन ६ हजार बढी नेपाली भित्रिए

By खबरहब

June 07, 2020

काठमाडौं- पछिल्लो केही दिन यता भारतमा अलपत्र नेपाली स्वदेश फर्किने क्रम तीव्र छ । शनिबार मात्र सुदूरपश्चिमका दुई नाकाबाट ६ हजार बढी नेपाली भित्रिएका छन् ।

कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट ६ हजार ४९९ जना नेपाली नागरिक शनिबार नेपाल भित्रिएका हुन् । त्यसैगरी उक्त नाकाबाट ५२४ भारतीय नागरिक समेत नेपालबाट बाहिरिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार शनिबार कञ्चनपुरको गड्डा चौकी नाकाबाट ९०६ नेपाली भित्रिएका थिए भने १९९ भारतीय नागरिक बाहिरीएका थिए ।

उक्त नाकाबाट प्रबेश गर्नेको संख्या घटे पनि कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको संख्या शुक्रबारको तुलनामा बढेको छ । उक्त नाका बाट शनिबार पाँच हजार ५९३ नेपाली नागरिक भित्रिएका छन भने ३२५ भारतीय नागरिक बाहिरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।

यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठको शुरु देखि खुल्ला भएका नाकाबाट भित्रिने नेपालीको संख्या करिब ९० हजार पुगेकोछ भने बाहिरीनेको संख्या बाह्र हजार बढी पुगेको छ ।