रोचक/विचित्र संसार

लकडाउनले २ महिना घरमै बसेका ५ वर्षे बालकलाई स्कूल ड्रेस नै ठीक भएन

By खबरहब

June 07, 2020

विश्व कोरोना भाइरसको महामारीसँग जुँधिरहेको छ । कोरोनाको संक्रमण नियन्त्रण र रोकथाम गर्न विश्वका धेरै देशले लकडाउन गरे ।

लकडाउनका कारण सबैको दैनिकी प्रभावित भयो । सबै मानिस घरभित्रै बसे । सामान्य अलि ठूलो उमेर भएका मानिसको शारीरिक वृद्धिमा त लकडाउनले खासै असर गरेन तर बालबालिकाको जीवनमा भने ठूलो उत्तारचढाव ल्याइदियो ।

यसको उदाहरण चीनका एक बालकमा पर्‍यो । उनी २ महिना घरमा थुनिए । जब लकडाउन खुलेर विद्यालय जानुपर्ने भयो अभिभावकलाई हम्मेहम्मे पर्‍यो । किनकि उनको स्कूल ड्रेस ठीक नै भएन । उनकी आमाले दु:ख गर्दै ड्रेस लगाइदिएको तस्वीर सामाजिक सञ्जालमा भेटिएका छन् ।

नेपालमा पनि लकडाउन भएको ७६ दिन पूरा भएको छ । तपाईं पनि ख्याल गर्नुहोस् है घरमा भएका बालबालिकाका कपडा कति साना भए । लकडाउनमा घरमै बसेका उनीहरुको तौल बढेसँगै शारीरिक रुपमा कति तन्दुरुस्त छन् ।