समाचार

यी हुन् कोरोना संक्रमणमुक्त भएका नेपालका ५ जिल्ला

By खबरहब

September 07, 2020

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालका ५ जिल्ला कोरोना संक्रमण मुक्त भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पाँच जिल्लाका सबै कोरोना संक्रमित निको भएको जानकारी दिएका हुन् ।

हाल कोरोना संक्रमित नभएका ५ जिल्ला

ताप्लेजुङ मुस्ताङ हुम्ला मुगु डोल्पा

नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६५ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।