समाचार

काठमाडौं र ललितपुरसहित यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका ११ जिल्ला

By खबरहब

September 07, 2020

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ७७ जिल्लामध्ये ११ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् ।

५०० बढी सक्रिय संक्रमित रहेका ११ जिल्ला

काठमाडौं ललितपुर पर्सा रौतहट मोरङ बारा सर्लाही धनुषा चितवन रुपन्देही सुनसरी

पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

नेपालमा कुल संक्रमित मध्ये ६५ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।