रोचक/विचित्र संसार

सरकारकी कर्मचारीको लापरबाहीले पीडित किसानलाई सास्ती

By खबरहब

October 07, 2020

सरकारी कर्मचारीको लापरिबाहि नेपालमा मात्र होइन, भारतमा समेत हुने गरेको छ ।

भारतका एक किसान सरकारी कर्मचारीको लापरबाहिका कारण रातारात सरकारी कर्मचारी बनाइए । यतिमात्र होइन उनी सरकारी कर्मचारी भएकाले गरीब निमुखा किसानले राहतमा पाउन रासनकार्डवाला अन्न समेत उनले किन्न पाएनन् ।

खासमा भारतको बाड़मेर जिल्लाको रसद विभागका कर्मचारीको लापरवाहीका कारण एक किसान रातारात सरकारी कर्मचारी बने । बाडंमेरको पान्डा निवासी किसान मोहनलाललाई सरकारी कर्मचारी बनाएर राशन सामग्री उठाउन प्रतिबन्ध लगाउदै नोटिस जारी गरियो । नोटिस पाएसंगै मोहनलाल चिन्तित बने ।

रसद विभागबाट ६७ वर्षीय मोहनलालका नाममा एक नोटिस आयो जहाँ उनी सरकारी कर्मचारी भएकाले सुलभ दरको राशन नलिन आदेश गरिएको थियो । नोटिस पाएपछि मोहनलालले पाउदै आएको सुविधामा प्रतिबन्ध लाग्यो ।

सरकारी कर्मचारीले रासनको सुविधा लिन नपाउने नियम छ भारतमा । त्यसैले उनलाई सरकारी कर्मचारी भएको भन्दै उक्त सुविधा नलिन चेतावनी पत्र आयो । तर पेशामा किशान रहेका मोहनलाल नोटिस पाएसंगै चिन्तामा परेको खबर बाहिरियो ।

जब यो खबर सर्वत्र चर्चामा आउन थाल्यो तब रसद विभागले आफूहरुबाट गम्भिर त्रुटी भएको भन्दै मोहनलालले पाउने सुविधा यथावत राखि उनलाई पठाएको नोटिस फिर्ता लिएको छ ।