समाचार

गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु

By खबरहब

November 07, 2020

कास्की- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ९ हजार १७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म निको हुने सङ्क्रमित चार हजार ८५२ रहेका छन् ।

सङ्क्रमणका कारण हालसम्म १०३ जनाले ज्यान गुमाउनुका साथै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ ।

शनिबार गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।