रोचक/विचित्र संसार

एक मिसकलले जुर्‍यो बिहे, ६० वर्षीया बेहुलीलाई २० बर्षे दुलाहा

By खबरहब

February 08, 2020

प्रायः विवाहमा बेहुला र बेहुलीको उमेरबिच केहि भिन्नता रहने गरेको छ ।

अधिकाशं अवस्थामा बेहुलीभन्दा बेहुलाको उमेर बढि हुन्छ । तर प्रेममा परेका कतिपय जोडिहरु भने उमेरको हदलाई समेत पार गर्दछन् ।

तथापी उमेरको भिन्नता एक सिमासम्म मात्र हुन्छ । अर्थात आफुभन्दा ५/१० बर्ष जेठाकान्छा संग विवाह हुनु स्वभाविक हो । तर भारतमा भने एक जोडिको उमेरको भिन्नता यति धेरै छ कि जसको कल्पना समेत गर्न सकिदैन ।

सुन्दै पत्यार नलाग्ने यस बिवाहमा बेहुला बेहुली बिचको उमेर भिन्नता ४० बर्षको छ । र अझ रोचक त के छ भने बेहुला २० बर्षका छन् भने बेहुली ६० बर्षकी छन् ।

यो भारतको उत्तर प्रदेशको मुरादाबाद जिल्लाको रामपुर शहर, सैदनगर गाउँ निवासी एक ६० वर्षीया महिलाले मात्र २० बर्षका युवकसँग विवाह गरेकी हुन् ।

अहिले यस विवाहको चर्चा आसपासका गाउँ मात्र नभई विश्वभर फैलिएको छ । बेहुला भारत हरदोईका निवासी हुन् । यि दुबैको भेट मिस्डकलबाट शुरुवात भएको थियो ।

खासमा दुई बर्षअघि यि युवाले गल्तीले एक नम्बरमा कल गरे । तर हतारमा पुरा रींग नजादै फोन काटे । उता महिलाले आफ्नो मोवाइलमा मिस्डकल देखेपछि फोन फर्काइन् ।

यसपछि दुबैबिच फोनमा कुराकानी हुन थाल्यो । फोनमा भएको कुरा यति गहिराईसम्म पुग्यो कि दुबैले संगैबाच्ने मर्ने कसम समेत खाए ।

करिब १२ बिघाकी धनि ती महिलाको पतिको केहि बर्षअघि मृत्यु भइसकेको छ । आफ्नी आमाको विवाहको खबर सुनेर ति महिलाकी छोरीले माइतीमा गई यस विवाहको निकै विरोध गरिन् ।

यो बिषय प्रहरीकोमा समेत पुग्यो । तर महिला र युवकले विवाहमा दुबै पक्षको मञ्जुरी भएको बताएपछि प्रहरीले उनीहरुलाई कारबाही गर्न सकेन ।