फाइल फोटो

राजनीति

बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो रहेको कांग्रेस नेता कोइरालाको आरोप

By खबरहब

February 08, 2020

काठमाडौं – कांग्रेस नेता डा. शेखर कोइरालाले बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो रहेको आरोप लगाएका छन ।

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १ सय ७५ जनाबिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका कोइरालाले पार्टीको आडभरोसामा केही व्यक्तिलाई उन्मुक्ति दिइएको दावी समेत गरे ।

‘पूर्वाग्रह देखिने गरी गरिएको यो निर्णयले अख्तियारको विश्वसनियता र संबैधानिक स्वायत्ततामाथी नै प्रश्न उठाइदिएको छ’ कोइरालाले भने ‘यो लोकतन्त्र र देशका लागि नै दूर्भाग्यपूर्ण हो ।’

अख्तियारले पूर्वाग्रही भूमिका खेलेको भन्दै कांग्रेसले बिहिबारदेखि नै संसद अवरुद्ध गर्दै आएको छ भने सडक आन्दोलन अझ चर्काउने चेतावनी दिएको छ ।