अन्तर्राष्ट्रिय

अमेरिकामा २० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

By खबरहब

June 08, 2020

काठमाडौं –  ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा २० लाखभन्दा बढी संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६७६ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ७ हजार २२० पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा नेपाली समय अनुसार सोमबार बिहान साढे ५ बजेसम्म १ लाख १२ हजार ४४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३७३ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ३६ हजार २४७ जनामध्ये १६ हजार ९१५ जनाको अवस्था गम्भीर रहेको छ ।