खेलकुद

जर्मन बुन्डेसलिगामा साल्के र युनियन बर्लिनको खेल बराबरी

By खबरहब

June 08, 2020

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा साल्के र युनियन बर्लिनको खेल बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा साल्के र युनियन बर्लिनको खेल १-१ गोलको बराबरीमा रोकिएको हो ।

बर्लिनको मैदानमा ११ औं मिनेटमा रोबर्ट एन्ड्रीचको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । तर, खेलको २८ औं मिनेटमा जोन्जोई केनीले गोल गर्दै साल्केलाई हारबाट जोगाए ।

बराबरीसँगै साल्केले ३० खेलमा ३८ अंक जोडको छ । साल्के लिगको दशौँ स्थानमा रहेको छ । ३२ अंक जोडेको बर्लिन १४ औं स्थानमा रहेको छ ।