रोचक/विचित्र संसार

रुसमा ‘डिजेल लिक’ भएर मिसिएपछि नदी बन्यो रक्ताम्य !

By खबरहब

June 08, 2020

एजेन्सी- रसियाको साइबेरियास्थित एक पावर प्लान्टमा स्टोरेज गरिएको २० हजार टन डिजेल लिक भएर नदीमा मिसिएको छ ।

डिजेल अम्बरनाया नदीमा मिसिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डिजेल नदीमा मिसिएपछि पानीको रङ समेत रातो भएको छ । डिजेल गत शुक्रवार लिक भएको जनाइएको छ ।

डिजेल नदीमा मिसिएपछि पानी सफा गर्ने प्रयास भइरहेको जनाइएको छ । यो पूरा सफा गर्नको लागि लगभग १.१६ बिलियन यूरो खर्च हुन सक्ने अनुमान गरिएको छ ।