रोचक/विचित्र संसार

बिहे गर्दागर्दै बेहुलीको मृत्यु !

By खबरहब

July 08, 2020

नयाँ दिल्ली – भारतको उत्तर प्रदेशमा भइरहेको एक बिहेमा बेहुलीको मृत्यु भएको छ । यो घटना कन्नौज जिल्लाको हो । उक्त जिल्लामा बिहे गर्दागर्दै बेहुलीको मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बेहुला सञ्जय शुक्रवार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगेका थिए । बिहेका बेला १९ वर्षीय विनिताले असहज महसूस गरिन् र बेहोस भइन् ।

उनका परिवारले विनितालाई लिएर अस्पताल पुगे । तर, अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउन भन्दै भर्ना गर्न मानेन ।

विनिताका पिता कानपुर पुगे । तर, त्यतिबेलासम्म हालत बिग्रिसकेको थियो । समयमा उपचार नपाएर उनको ज्यान गयो ।

कन्नौज प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएका छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ ।