समाचार

पुलबाट हामफालेकी अधिकारीको एपीएफ टोलीद्वारा उद्धार

By खबरहब

August 08, 2020

रुपन्देही- रुपन्देहीमा पुलबाट हामफालेकी एक महिलाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ स्थित डण्डा खोलामा पुलबाट हामफालेकी २७ वर्षीया पवित्रा अधिकारीको एपीएफ टोलीले जीवितै उद्धार गरेको हो ।

रुपन्देहीबाट खटिएको एपीएफको टोलीले उनको उद्धार गरेको हो । निज अधिकारीले पुलबाट हाम फालेको भन्ने सूचना पाउनासाथ टोली तत्कालै घटनास्थलमा खटिएको थियो ।

खोलाबाट उद्धार गरिएकी अधिकारीको भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको छ ।