देश/प्रदेश

२२ तोला सुनसहित एक पक्राउ

By खबरहब

August 08, 2020

मोरङ– विराटनगर महानगरपालिका १६ दरैयाबाट २६७ ग्राम (२२.८९ तोला) सुनसहित एक जनालाई पक्राउ परेका छन ।

करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित विराटनगर-१७ का ५५ बर्षीय शेमपेन गुप्ता पक्राउ परेका हुन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बखरीबाट खटिएको एपीएफको टोलीले पक्राउ गरेको हो ।

शनिबार गस्तीका क्रममा बखरी पोष्टले भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार विराटनगर १६ को दरैया बस्ती हुँदै भारततर्फ लैजाने क्रममा सुनसहित उनलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिको साथबाट प्रहरीले १ थान साइकल, १ थान मोबाइल र नेपाली ५ हजार रुपैयाँ बरामद गरेको एसपी पौडेलले बताए।