अन्तर्राष्ट्रिय

काममा फर्किए ट्रम्प, स्वास्थ्यमा कुनै समस्या नभएको भनाइ

By खबरहब

October 08, 2020

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् ।

कोरोना संक्रमण भएपछि ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका ट्रम्प त्यसको २ दिनपछि ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका हुन् ।

ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश दिएका ट्रम्पले आफूमा कुनै स्वास्थ्य समस्या नभएको बताएका छन् । ‘मैले एकदमै राम्रो महसुस गरिरहेको छ लाग्छ यो भगवानको कृपा हो,’ ट्रम्पले भिडियो सन्देशमा भने ।

छिटै सबै अमेरिकीले कोरोना भाइरसको संक्रमणको निशुल्क औषधि पाउने आफू विश्वस्त रहेको समेत उनले बताए ।

‘म सबै अमेरिकीको उपचारमा पहुँच पुगेको हेर्न चाहन्छु, त्यसका लागि रेजेनरन फर्मास्यूटिकलले निर्माण गरेका औषधि निःशुल्क वितरण गरिनेछ, ट्रम्पले भने, ‘जुन परीक्षणकै क्रममा भएर पनि मलाई दिइएको थियो ।’

A MESSAGE FROM THE PRESIDENT! pic.twitter.com/uhLIcknAjT

— Donald J. Trump (@realDonaldTrump) October 7, 2020

रेजेनरनले उत्पादन गरेको कोरोनाविरूद्धको हजारौँ डोज औषधि लगभग तयार भए पनि त्यसको प्रयोगमा अनुमति नहुँदा बजारमा उपलब्ध नभएको तर छिट्टै त्यसले अनुमति पाउने उनले बताए ।

यसअतिरिक्त अन्तिम परीक्षणको क्रममा रहेका भ्याक्सिन छिट्टै सफल हुने पनि उनले विश्वास व्यक्त गरे ।

उनको उपचारमा संलग्न चिकित्सक डा.सिन काँनका अनुसार ट्रम्पमा पछिल्ला चार दिन यता ज्वरो आएको छैन । उनलाई २४ घण्टा यता कोरोनाको कुनै लक्षण नदेखिएकाले कार्यालय जान दिइएको डा.काँनले बताए ।

कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै सोमबार बेलुका ह्वाइट हाउस फर्किएका थिए ।