समाचार

२९,१९७ जना कोरोना स‌ंक्रमित होम आइसोलेसनमा

By खबरहब

November 08, 2020

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले हालसम्म २९ हजार १९७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

आइतबारसम्म मुलुकभर रहेका ३५ हजार ४१९ जना सक्रिय संक्रमित मध्ये २९ हजार १९७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ८ सय ६८ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ५ सय ९८, प्रदेश २ मा ९८५, लुम्बिनी प्रदेशमा २ हजार ७५, सुदूरपश्चिम प्रदेशमा ६५४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा ३०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।