रोचक/विचित्र संसार

बैज्ञानिकहरुले अन्तरिक्षमै उमारे यो मुला (तस्वीरसहित)

By खबरहब

December 08, 2020

काठमाडौं– भनिन्छ अहिलेको युग बैज्ञानिकहरुको युग हो । हुन पनि अहिले बिज्ञानको चपत्कार सोचिनसक्नु छ ।

छिनभरमै संसारमा कल्पना नै गर्न नसकिने परिवर्तन भइरहेका छन् । यही मेसोमा अहिले बैज्ञानिकहरुले अन्तरिक्षमा मुला उमारेका छन् ।

यसरी अन्तरिक्षमा उमारिएको मुला बैज्ञानिकहरुले २०२१ मा पृथ्वीमा लिएर आउने भएका छन् ।

नासाकी अन्तरिक्षयात्री एवम् पाइलट ईन्जिनियर केट रुबन्सले पहिलोपटक ईन्टरनेसनल स्पेस स्टेशनमा मुला उमारेकी हुन् । यसलाई बैज्ञानिकहरुले अर्को सफलता मानेका छन् ।