रोचक/विचित्र संसार

माकुराले पनि मानिसले जति नै मासु खाने !

By खबरहब

December 08, 2020

काठमाडौँ- माकुरा आफैमा धेरै नै शक्तिशाली सिकारी जीव हो भन्ने कुरा धेरैलाई थाहा छैन होला ।

पृथ्वीमा भएका माकुराहरुले एक वर्षमा करीब ४० देखि ८० करोड टन किटपतंग खाने गर्दछन् ।

साइन्स अफ नेचर जर्नलमा प्रकाशित शोधका अनुसार प्रकृतिमा झण्डै २ करोड ५० लाख टन माकुरा छन् ।

अर्थात् पृथ्वीको प्रत्येक एक वर्गमिटरमा १३१ वटा माकुरा छन् । घाँसे मैदानमा माकुराको संख्या १५२ देखि १ हजार सम्म पुग्दछ ।

मार्टिन निफेलर र क्लाउस बिर्खोफरले गरेको अध्ययन अनुसार यी मांशाहारी जिवले विभिन्न किराहरुलाई मारेर सिकार बनाउँछन् ।

यिनीहरुले वर्षमा ४० देखि ८० करोड टन किटपतंगको शिकार गर्दछन् ।

माकुराले गर्ने यो शिकारको तौल भनेको धर्तीमा रहेका सबै मानिसको तौल भन्दा पनि बढी हो । धर्तीमा भएका सबै मानिसको तौल जम्माजम्मी ३५ करोड ७० लाख छ । त्यसको अर्थ एक वर्षभरमा माकुराले संसारमा भएका सबै मानिसलाई खाएर पनि अघाउँदैनन् ।

वैज्ञानिकहरुका अनुसार रोग फैलाउने विभिन्न खाले किराहरुलाई खाइदिएर माकुराले मानिसलाई ठूलो सहयोग गरिरहेका हुन्छन् ।- एजेन्सीको सहयोगमा