अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स इरानले अमेरिकालाई नदिने

By खबरहब

January 09, 2020

काठमाडौं- इरानको तेहरानमा दुर्घटना भएको युक्रेनी विमानको ब्ल्याक बक्स फ्लाइट रेकर्डर इरानले नदिने भएको छ ।

इरानले अमेरिकी कम्पनी भएकाले बोइङ कम्पनी वा अमेरिकालाई नदिने बताएको हो ।

बुधबार इरानबाट युक्रेनको किएभका लागि उडेको युक्रेनी एयरलाइन्सको विमान उडान भरेको केहीबेरमै दुर्घटनामा परेको थियो । दुर्घटनामा विमान रहेका सबैको मृत्यु भएको थियो ।

युक्रेनी विमान बोइङ्ग ७३७–८०० तेहरान विमानस्थलबाट उडेको केही मिनेट दुर्घटना हुँदै सबैको मृत्यु भएको थियो ।

इरान र अमेरिकाबिच तनाव उच्च भएका बेला विमान दुर्घटना भएको हो । इरानले इराकमा रहेका अमेरिकी सैनिकलाई लक्षित गरेर मिसाइल आक्रमण गरेको केही घण्टापछि नै विमान दुर्घटना भएको थियो । तर अहिलेसम्म मिसाइल आक्रमण र विमान दुर्घटनाबिच सम्बन्ध रहेको भन्ने कुनै प्रमाण भेटिएको छैन ।

युक्रेनी विमान अमेरिकी निर्माता कम्पनी बोइङ्गको हो । यस्तोमा दुर्घटनाको अनुसन्धान अमेरिकाको यातायात सुरक्षा बोर्डको नेतृत्वमा हुने पर्ने हो । तर इरानले ब्ल्याक बक्स अमेरिका वा बोइङ्गलाई नदिने बताएपछि त्यसको सम्भावना नरहेको देखिएको छ ।