काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहको शुल्क निर्धारण गरेको छ । आइओएमले नयाँ शैक्षिक सत्र २०७६–७७ को लागि नयाँ शुल्क निर्धारण गरेको हो ।
आइओएमले एमबीबीएस तथा बीडिएसको शुल्क सरकारले निर्धारण गरेको आधारमा तय गरेको छ । आइओएमले नयाँ शैक्षिक शत्रका लागि निर्धारण गरेको शुल्कका अनुसार एमबीबीएसमा उपत्याका बाहिर ४४ लाख ३६ हजार २५ रुपैया र उपत्याकाभित्र ४० लाख २३ हजार २ सय ५० तोकेको छ ।
यस्तै बीडिएसका लागि २० लाख १९ हजार ५ सय ८० रुपैया निर्धारण गरिएको छ । आइओएमले बीए एसएलपीका लागि ७ लाख २५ हजार ८ सय २३ रुपैया तोकेको छ ।
यस्तै बीपीएच, बीएसस्सी एमएलटी, मेडिकल ल्याव टेक्नोलोजिष्ट, बी फार्मेसी र बीएस्सी एमआईटीको शुल्क ७ लाख २५ हजार ८ सय १८ निर्धारण गरेको छ ।
यस्तै बीएएमएस मा १३ लाख ८८ हजार ८ सय, बिएनएस मा ५ लाख २५ हजार र बिएसी नर्सिङका लागि ७ लाख ८२ हजार तोकेको छ । आइओएमले यो शुल्क स्नातक तह अध्ययन अवधिमा तीन किस्तामा विभाजन गरी भर्नाको समयमा एकतिहाइ बुझाउनुपर्ने जनाएको छ ।