आर्थिक

सुनको मूल्य घट्यो, कति पुग्यो ?

By खबरहब

January 09, 2020

काठमाडौं – केही दिनयता रेकर्ड राखेर आकाशिएको सुनको मूल्य केही घटेको छ ।

नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको हो । बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन ७२ हजर २ सय रुपैयाँ कायम गरिएको छ।

बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ। चाँदी तोलाको ९ सय रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी तोलाको ९२० रुपैयाँ कायम गरिएको थियो। विश्व बजारमा भने बुधवार इरान अमेरिका तनावपछि सुनको मूल्यमा वृद्धि भएको थियो ।