खेलकुद

सागमा स्वर्ण पदक विजेता फुटबल खेलाडीलाई एन्फाले सम्मान गर्ने

By खबरहब

February 09, 2020

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता फुटबल टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले स्वर्ण विजेता टोलीका हरेक खेलाडीलाई ५ लाख ५० हजार रुपैयासहित सम्मान गर्ने निर्णय गरेको छ ।

सागमा नेपाली पुरुष फुटबल टोलीले फाइनलमा भुटानलाई पराजित गर्दै लगातार दोस्रो पटक स्वर्ण जितेको थियो । उक्त फाइनलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै, सागमा उपविजेता बनेको महिला टोलीका खेलाडीलाई १ लाख ५० हजारसहित सम्मान गर्ने निणर्यपनि एन्फा कार्यसमिति बैठकले गरेको छ ।

यस्तै, फागुन १० देखि शुरु हुने बि डिभिजन लिगका सहभागी टोलीलाई १० लाख दिने र सि डिभिजन लिगमा सहभागी हुने टोलीलाई ७ लाख दिने अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा बसेको बैठकले निर्णय गरेको छ ।

एन्फा कार्यसमिति बैठकले महिला लिग फुटकलको पुरस्कार राशी समेत घोषणा गरेको छ । एन्फाको निर्णयअनुसार प्रथम पुरस्कार १५ लाख रहेको छ भने दोस्रो र तेस्रोले लगातार ८ र ५ लाख पुरस्कार प्राप्त गर्नेछन् भने चौथो हुनेले ३ लाख पाउनेछ ।