अन्तर्राष्ट्रिय

इटालीमा एक सय चिकित्सक र २६ नर्सको मृत्यु

By खबरहब

April 09, 2020

काठमाडौं- कोरोना भाइरसका संक्रमितको उपचार गर्नेक्रममा इटालीमा एक सय जना चिकित्सक र २६ नर्सको मृत्यु भएको छ ।

इटालियन एसोसिएन अफ डक्टर्सले कोरोनाका कारण इटालीमा एक सय जना चिकित्सकको मृत्यु भएको पुष्टि गरेको हो।

६ हजार ५ सय ४९ जना नर्स कोरोना भाइरसका कारण संक्रमित भएको इटालियन फेडेरेसन अफ नर्सले जनाएको छ।

इटालियन इन्स्टिच्युट अफ हेल्थका अनुसार कोरोनाका कारण १२ हजार ६ सय ८१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। व्यक्तिगत सुरक्षात्मक सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीहरु जोखिममा काम गर्न बाध्य भएका छन् ।

इटालीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ हजार ६९९ पुगेको छ भने अहिलेसम्म १ लाख ३९ हजार ४२२ जना संक्रमित छन् ।