प्रतिकात्मक तस्वीर

देश/प्रदेश

आइतबार र सोमबार काठमाडौंका यी स्थानमा दिनभर बिजुली नहुने

By खबरहब

May 09, 2020

काठमाडौं- काठमाडौंका केही स्थानमा आइतबार र सोमबार गरि दुई दिन लोडसेडिङ हुने भएको छ ।

कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि स्यूचाटार–स्वयम्भू फिडरबाट वितरित एचटी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसँगैको सेक्सनलाइजर स्विच काटेर काम गर्नुपर्ने भएकोले ती स्थानको लाइन काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आइतबार र सोमबार बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फ्याक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बत्ति नहुने प्राधिकरणले जनाएको छ ।