देश/प्रदेश

१० तस्वीरमा हेर्नुस् सिन्धुपाल्चोकमा बाढीको बितण्डा

By खबरहब

July 09, 2020

काठमाडौं- रातभरको अविरल बर्षाका कारण आएको बाढी पहिरोले सिन्धुपाल्चोकका दर्जन बढी घरमा क्षति पुगेको छ ।

भोटेकोसीसँगै बाह्रबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रका ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घरमा क्षति पुर्‍याएको छ ।

अरनिको राजमर्गको जम्बु, खागदल बजारमा बाढीले ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीले खागदलको पक्की पूल नै बगाएको छ ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन ।

बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् ।

“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भनिन् । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेकी छन् ।