समाचार

ट्रक दुर्घटनामा चालकको मृत्यु

By खबरहब

July 09, 2020

ओखलढुंगा – ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान साढे ४ बजेतिर काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए ।