अन्तर्राष्ट्रिय

भारतीय अभिनेता सञ्जय दत्त सिकिस्त बिरामी भएपछि आइसीयूमा

By खबरहब

August 09, 2020

एजेन्सी – भारतीय अभिनेता सञ्जय दत्त सिकिस्त बिरामी परेपछि मुम्बईस्थित लिलावती अस्पतालको आइसीयूमा भर्ना भएका छन् ।

६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएकोमा उनलाई आइसीयूमा सारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड -१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

उनको स्वाव पीसीआर टेस्टका लागि पनि राखिएको छ । उनलाई आइसीयूको गैर कोभिड वार्ड राखिएको छ । अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।