Residents keep vigil over several bodies covered with a variety of cloths after an armed confrontation in the Alemao slum complex in Rio de Janeiro, Brazil, Friday, May 15, 2020. According to the civil police, 10 people were found dead during the police operation against alleged drug traffickers. (AP Photo/Leo Correa)

अन्तर्राष्ट्रिय

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

By खबरहब

August 09, 2020

काठमाडौं – ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाखभन्दा बढीको मृत्यु भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ८४१ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ५४३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ४६ हजार ३०५ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३० लाख १३ हजार ३६९ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ९४ हजार २९३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १८ हजार ५३३ जनाको उपचार भइरहेको छ ।