रोचक/विचित्र संसार

पानीमा डुबेर २ मिनेट १७ सेकेण्डमा ६ रुबिक्स क्युब समाधान !

By खबरहब

September 09, 2020

सामान्यतया रुबिक्स क्युब समाधान गर्न हतपत कसैले सक्दैनन् । अझ यसलाई पानीमा डुबेर गर्नु त असम्भव झै छ । तर यहि असम्भवलाई सम्भव बनाए, भारतको चेन्नाईका एक युवाले ।

भारतको चेन्नईका इलियाराम सेकर नामक एक युवाले पानीमा डुबेर रुबिक्स क्यूब समाधान गरेका छन् । जसका निम्ती उनलाई गिनीज वल्र्ड रेकर्डमा समावेश गरीएको छ ।

यसअघि पनि कैयौं गिनीज वल्र्ड रेकर्ड बनाइसकेका छन् । यसअघि उनले ५ पटक गिनिज वल्र्ड रेर्कडमा नाम लेखाइसकेका छन् । सेकर चेन्नईको एक निजी विद्यालयमा रूबिक्स क्यूब ट्रेनरका रुपमा काम गर्दछन् ।

सेकरले पानी मुनी रुबिक्स क्युब समाधान गर्न एक बर्षदेखि सास रोक्ने अभ्यास गरिरहेका थिए । सेकरले सिसाको पानी भरिएको ट्यान्कमा २ मिनेट १७ सेकेण्ड बसेर ६ रुबिक्स क्युब समाधान गरेका थिए ।