रोचक/विचित्र संसार

एउटा त्यस्तो द्वीप, जहाँ कोरोना संक्रमित मात्र जान पाउँछन्

By खबरहब

September 09, 2020

कोरोना भाइरसका कारण संसारमा दुई करोडभन्दा बढी व्यक्ति संक्रमित छन् भने लाखौंले ज्यान गुमाएका छन् । कोरोनाले गर्दा शहरहरु लकडाउन छन् । पर्यटकीय स्थल बन्द छन् ।

तर, एउटा त्यस्तो द्वीप छ । जहाँ कोरोना संक्रमित मात्र जान पाउँछन् ।

ब्राजिल सरकारले देशको एक द्वीप पर्यटकका लागि खुला गरेको छ । फर्नान्डो डी नोरोन्हो द्वीपमा प्रवेश पाउन भने कोरोना संक्रमित हुनुपर्छ ।

ब्राजिल सरकारले त्यहाँ कोरोना संक्रमितबाहेक अरुले प्रवेश नपाउने बताएको छ ।

उक्त द्वीपमा जानका लागि तपाईंले केही रकम तिर्नुपर्छ । यो द्वीप युनेस्कोको विश्व धरोहर स्थलमा सामेल भएको छ ।