समाचार

हालसम्म कुल संक्रमितमध्ये ६८.८ प्रतिशतले जिते कोरोना, कहाँ कति ? (सूचीसहित)

By खबरहब

September 09, 2020

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । यो सँख्या भनेको कुल संक्रमितको ६८.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।

कुन प्रदेशमा कतिले जिते कोरोना