देश/प्रदेश

चितवनमा थपिए ३० जना कोरोना संक्रमित

By खबरहब

October 09, 2020

चितवन- चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३० जनामध्ये २७ जना चितवनका हुन् । बाँकी ३ जना नवलपरासी र मकवानपुरका छन् ।

नवलपरासी गैँडाकोट-१२ की २३ वर्षीया एक महिला र कावासोती-१७ का २५ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ । यस्तै मकवानपुर हेटौँडा- ४ का ५० वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।

भरतपुर अस्पतालले बिहीबार गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ८ पुरूष र ३ वर्षीया बालिकासहित ७ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तिका ३ पुरूष र ३ महिला, खैरहनीका १ पुरूष र १ महिला, र रत्ननगरका ४ पुरूषमा संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।