DCIM100GOPROGOPR0823.JPG

इनसाइट/स्पेशल

मनमोहक कोरन भ्याली (फोटो फिचर)

By खबरहब

October 09, 2020

हुम्ला– कर्णाली प्रदेश प्राकृतिक रुपले सुन्दर छ । हिमाली जिल्ला हुम्ला भौगोलिक रुपमा दुर्गम भए पनि सौन्दर्यका हिसाबले अनुपम छ ।

हुम्लाका केही सीमित क्षेत्रका मात्रै तस्वीर बाहिर आएका छन । जसले हुम्लाको परिचय फेरिइएको छ भने बाँकी थुप्रै यस्ता स्थान छन् जहाँ अहिलेसम्म जो कोहीले पाईला टेक्नै पाएका छैनन् । त्यस्तै स्थान मध्येको एक हो, कोरन भ्याली । अर्थात चाङ्ला भञ्ज्याङ ।

सिमकोट गाउँपालिका–१ को दोजाम गाउँको क्षेत्रमा पर्ने यो भ्याली जिल्ला सदरमुकाम सिमकोटदेखि साढे २० किलोमिटरको दूरीबाट शुरु हुने यो भ्यालीको अन्तिम विन्दु ८०.५ किलोमिटर सम्मको छ ।

परापूर्व कालमा चट्याङ परेर माथिबाट आसपासको पहाड खसेको थियो । खसेको पहाडबाट ड्राइगनको आकारमा एउटा खोला निस्केकाले त्यही खोलाको नाम नै तत्कालिन समयमा स्थानीयले लामा भाषामा अर्थात लामा खामा भाषामा डुग भनिने यो स्थानलाई कोरन भ्यालीका नामले चिनाउन थालिएको हो ।

जसलाई खस भाषमा लडे खोलाका नामले पनि चिनिन्छ । प्राकृतीक तथा पर्यटकिय हिसाबले निकै महत्वपूर्ण क्षेत्र भएपनि प्रचारप्रसार अभावले सँधै आगन्तुकको पर्खाइमा यो भ्याली रहेको छ ।

हेर्नुहोस थप तस्वीर