फाइल तस्वीर

अन्तर्राष्ट्रिय

यो वर्षको नोबल शान्ति पुरस्कार ‘विश्व खाद्य कार्यक्रम’ लाई

By खबरहब

October 09, 2020

काठमाडौं- यो वर्षको नोबल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघ मातहतको ‘विश्व खाद्य कार्यक्रम’ ले पाएको छ।

विश्वमा द्वन्द्वले थलिएका क्षेत्रमा शान्ति स्थापना र भोकमरी विरुद्धको लडाईमा गरेको योगदानका लागि विश्व खाद्य कार्यक्रमले यो वर्षको नोबल शान्ति पुरस्कार प्राप्त गरेको हो।

यस संस्थाले हरेक वर्ष विश्वका ८८ वटा मुलुकका ९ करोड ७० लाख मानिसलाई भोकमरी विरुद्ध सहयोग गर्दै आइरहेको छ। यद्यपि अहिले पनि विश्वमा प्रत्येक ९ जनामध्ये १ जनाले पर्याप्त खाना खान पाइरहेको अवस्था छैन।

नोबल समितिकी अध्यक्ष, बेर्रिट रेइस एन्डेर्सनले भनेकी छन्, “यस्तो संकट पहिले भन्दा थप गहिरिँदै गइरहेको अवस्थामा अन्तर्राष्ट्रिय सहकार्य र वहुपक्षीय सहयोगको आवश्यक्ता अनिवार्य बनेको छ।”

कोरोना महामारीको यस विषम परिस्थितिमा डब्ल्यूएफपीको कामले थप महत्व झल्काएको उनको तर्क छ।