धर्म / संस्कृति

सैनामैनामा थारु समुदायको माघी महोत्सव शुरु

By खबरहब

January 10, 2020

रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिकामा थारु नयाँ वर्ष ‘माघी खिचडी महोत्सव २०७६’ आजदेखि शुरु भएको छ ।

थारु भेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै थारु कल्याणकारिणी सभा, सैनामैनाले सालझण्डीमा माघी महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले थारु संस्कृतिको संरक्षण साझा आवश्यक्ता भएको उल्लेख गर्दै पुरानो संस्कार सम्बद्धन गर्न नयाँ पिढी अग्रसर हुनु प्रशंसनीय भएको बताए ।

उनले थारु भेषभूषाको संरक्षणका लागि नगरपालिका सहकार्य गर्न तयार भएको जानकारी दिँदै नगरपालिकाको समृद्धिमा थारु समुदायको भूमिका रहने बताए ।

विभिन्न थारु खानपान, भेषभूषामा सजिएका युवा तथा युवतीले आफ्नै संस्कृतिमा झर्रा, झुमडा, लोपोन्मुख बडका नाचलगायतका संस्कृति झल्कने कार्यक्रम प्रर्दशन गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा थारु कल्याकारी सभाका पार्षद् खुशीराम चौधरी, रामवली चौधरीलगायतले थारु समुदायको अधिकारका विषयमा धारणा राखेका थिए ।