अन्तर्राष्ट्रिय

बेलायतमा २ लाख १५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

By खबरहब

May 10, 2020

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ५८७ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म २ लाख १५ हजार २६० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३४६ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ८९६ जनामा संक्रमण देखिएको छ ।

१ लाख ८३ हजार ३२९ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।