फाइल फोटो

समाचार

पश्चिमी क्षेत्रमा वर्षा जारी, तीन दिनसम्म मौसम सुधार नहुने

By खबरहब

May 10, 2020

काठमाडौं – आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा  हावाहुरीसहित असीना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

महाशाखाका अनुसार अहिले मुलुकका पश्चिमी भू-भागमा बदली भई हावाहुरीसहित मेघ गर्जनकासाथ पानी परिरहेको छ ।

दिउँसोसम्म मध्य र पूर्वका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।