अन्तर्राष्ट्रिय

चीनमा जिउँदै गाडिएकी महिलाको तीन दिनपछि जीवितै उद्धार !

By खबरहब

May 10, 2020

बेइजिङ- उत्तरी चीनमा गाडिएको तीन दिन पछि एक महिलाको जीवितै उद्धार गरिएको छ । प्यारालाइसिस पीडित आफ्नै आमालाई छोराले जिउँदै गाडेका थिए ।

समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आरोपीले आफ्नी आमालाई जिउँदै चिहानमा गाडेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी डराएको अवस्थामा जीवित उद्धार गरिएको जनाइएको छ ।

प्रहरीले आमालाई गाड्ने छोरालाई नियन्त्रणमा लिएर उनीविरुद्ध हत्या प्रयासको मुद्दा दर्ता गरेको छ ।

आरोपीकी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वीलचेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो ।

घटना शांक्सी प्रान्तको जिंगबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आरोपीको पहिचान भने खुलाएको छैन ।

चाइना डेलीका अनुसार  ७९ वर्षीया ती महिला आंशिक रुपमा प्यारालाइसिसबाट पीडित छिन् ।

प्यारालाइसिस पीडित आमालाई सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेका कारण ती छोराले यस्तो अमानवीय कदम चालेको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।