अन्तर्राष्ट्रिय

बुरूण्डीका राष्ट्रपति कुरून्जिजाको ५५ वर्षको उमेरमा निधन

By खबरहब

June 10, 2020

काठमाडौं – अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएका उनको स्वास्थ्य सुधारोन्मुख भइरहेकै बेला सोमबार अचानक हृदयघात (कार्डियाक अरेस्ट) भएर मृत्यु भएको बीबीसीले जनाएको छ ।

१५ वर्षदेखि बुरुण्डीको सत्तामा रहेका कुरुन्जिजाको कार्यकाल आउँदो अगस्टमा समाप्त हुँदै थियो ।