k'n 8'afg bdf}nL, @^ c;f/ M clj/n jiff{;Fu} cfPsf] af9Lsf sf/0f ;]tL gbLsf] 8'afgdf k/]sf] tgx'Fsf] z'Snfu08sL gu/kflnsf–$ / * hf]8g] k'n . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

समाचार

बाढी र डुबानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन

By खबरहब

July 10, 2020

विराटनगर- अविरल वर्षापछि नदीमा आएको बाढी र डुबानले क्षति गर्न थालेपछि प्रदेश १ र प्रदेश २ का सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

शुक्रबार आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्युनीकरण गर्नका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिएका छन् ।

उनले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको भन्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राउतले जोखिम न्यूनिकरणका लागि आवश्यक सामग्रीको तत्काल आपूर्ति गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशनसमेत दिए ।

बैठकमा जोखिम न्यूनिकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे मुख्यमन्त्री राउतलाई जानकारी गराइएको थियो ।

प्रदेश १ मा सम्भावित जोखिम न्युनीकरणका लागि पूर्वतयारी अपनाउन जिल्लास्थित विपद व्यावस्थापन समितिलाई निर्देशन दिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।

नदी किनारका बस्तीमा हुनसक्ने क्षति प्रति सजग हुन र आवश्यक पूर्वतयारी गर्न पनि निर्देशन दिएको उनले बताए । स्थानीय स्तरमा जोखिमको पूर्वतयारी र सचेतनाका स्थानीय तहहरु सक्रिय हुनुपर्ने उनले बताए ।