क्रिकेट

आईपीएल यूएईमा गर्न भारतले दियो अनुमति !

By खबरहब

August 10, 2020

काठमाडौं– बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन्डिया (बीसीसीआई) ले युनाइटेड अरब इमिरेट्स (यूएई) मा इन्डियन प्रिमियर लिग (आईपीएल) आयोजना गर्न अनुमति पाएको छ ।

इएसपीएन क्रिकइन्फोले आईपीएल गर्भनिङ काउन्सिल अध्यक्ष ब्रिजेस पटेललाई उद्धृत गर्दै भारत सरकारबाट आईपीएल आयोजनाका लागि अनुमति प्राप्त भएको जनाएको छ ।

भारत सरकारको अफिसियल पत्र प्राप्त नभएसम्म आईपीएलले इमिरेट्स क्रिकेट बोर्डसँग आधिकारिक सम्झौता समेत गरेको थिएन ।

यद्यपि सरकारले अनुमति दिएको बताइए पनि मिति भने खुलाइएको छैन । तर, आगामि हप्ताभित्र सरकारको अनुमति पत्र पाइसक्ने ईएसपीएनले जनाएको छ ।

यति भएपछि अब आईपीएल युएईमा गर्ने गरि बीसीसीआई तयारीमा जुट्ने समाचारमा उल्लेख गरिएको छ ।

यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि सुरु हुनेछ । आईपीएल हुने तयारी भएपनि केही दिनि अगाडिमात्रै टाइटल स्पोन्सर भिभो र आईपीएलबीचको आपसी समझदारीमा सम्भौता रद्ध भएको छ ।

अब यो संस्करणमा आईपीएलले प्रायोजक पनि नयाँ खोज्नेछ ।