रोचक/विचित्र संसार

हतियार साथी, बन्दुककै सिरानी

By खबरहब

September 10, 2020

मानिसका शोख अनेकन हुन्छ । केही सामान्य लाग्छ । केहीले चकित नै बनाउँछ । कोही पुरानो पैसाको, कोही हुलाक टिकटको त कोही चित्रकलाका पारखी हुन्छन् । उनीहरुको यस्तै शोखले कसैलाई त्रसित र भयवित पनि बनाउँछ । यस्तै एक मानिस छन् हतियारका शौखिन ।

हतियार राख्‍नु गैर कानूनी मानिन्छ। तर अमेरिकाको कोलोराडमा बस्‍ने मेल बर्नस्टिनले संसारमै सबैभन्दा धेरै हतियार संकलन गरेका छन्।

उनले यति धेरै हतियार संकलन गरेका राखेका छन् जुन एउटा सानो मुलुकसँग नहुन सक्छ। उनको हतियार सङ्ग्रहालय पेस्तोलदेखि ट्यांकसम्मका हतियार संग्रहित छन्।

उनले हतियारले भरिएको एउटा सङ्ग्रहालय नै तयार गरेका छन् जहाँ ठूला मिसाइल हतियार राखिएका छन्। यसको मूल्‍य १० मिलियन डलरभन्दा पनि धेरै पर्छ।

उनको यो सङ्ग्रहालय हेर्न प्रत्येक वर्ष हजारौ मानिस आउने गर्दछन्। उनले त्यहीबाट वार्षीक ६ लाख डलर कमाउने गर्दछन्।

एजेन्सीको सहयोगमा