समाचार

डडेल्धुरा अस्पतालले २५०० रुपैयाँमै पीसीआर परीक्षण गर्ने

By खबरहब

September 10, 2020

डडेल्धुरा- डडेल्धुरा अस्पतालले रु दुई हजार पाँच सयमा पीसीआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ ।

यसअघि अस्पतालले आपत्कालीनावस्थामा एक घण्टाभित्र पीसीआर रिपोर्ट दिने जनाएको थियो ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।

साधारणावस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई सो शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए ।

डडेल्धुरा अस्पतालमा आजसम्म तीन कोरोना भाइरस संक्रमित छन् ।

दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको र आज दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए ।