समाचार

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

By खबरहब

October 10, 2020

काठमाडौँ- बाँकेको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका-९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको भेरी अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यही असोज १३ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका संक्रमित ती पुरूषलाई भेन्टिलेटरको आवश्यकता परेपछि शुक्रबार राति १० भेरी अस्पतालमा रिफर गरिएको थियो ।

भेरी अस्पताल पुर्‍याइएको १ घण्टाभित्रै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।